मोर्डन क्याम्पसमा पुन: इक्साहाङ

इलाम : इलाम सदरमुकामस्थित मोर्डन क्याम्पसमा पुन: इक्साहाङ नेम्बाङको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी र ३७ सदस्यीय लिम्बू विद्यार्थी मञ्चको कार्यसमिति गठन भएको छ ।

कार्यसमितिका उपाध्यक्षमा उपाध्यक्षमा सुमिना शेर्मा र प्रकाश जवेगु चयन भएका छन् । सचिवमा नित्याहाङ सम्बाहाङफे, सहसचिवमा प्रविन नुगो र कोषाध्यक्षमा लाओमा नेम्वाङ चयन भएका छन् ।

सदस्यहरुमा सावित्रा जवेगु, रिना योङहाङ, प्रताप नेम्बाङ, मिज्वल चिलिक्चम, रोमन तुम्याहाङ , दिलिप नेम्बाङ, मनिसा फोम्बो लगायत रहेका छन् ।

लिम्बू विद्यार्थी मञ्च मोर्डन क्याम्पस शाखाका अध्यक्ष इक्साहाङ नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा लिवि मञ्चका केन्द्रीय सदस्य एवम् राजनीतिक विभाग प्रमुख रामकुमार लिङदम, इलाम जिल्ला अध्यक्ष अतित योङहाङ र संगठन विभाग प्रमुख तथा सचवालय सदस्य मनोज साँवाको उपस्थिति तथा सहजीकरणमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार