रौतहटमा नापी शाखा अधिकृत १४ हजार घुससहित पक्राउ

अखिलेशकुमार यादव

रौतहट : रौतहट जिल्लामा लगातार दुइ दिनदेखि अख्तियार टोलीको नजर रहेको केहि सरकारी संस्थाको घुस लिने कार्यमा सम्लग्न रहेको कर्मचारीलाई लगातार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले आफ्नो नियन्त्रणमा लिइरहेको छ ।

रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको नापी शाखा कार्यालयका नापी अधिकृत धिरेन्द्रकुमार लाल सेवाग्राही सँग १४ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुशनधान कार्यालय हेटौंडाले रंगेहात पक्राउ गरेका छ ।

नापी शाखा कार्यालयमा नापी अधिकृत लालले सेवाग्राही सँग अशबण्डा किताकाटका लागि घुस लिएको आरोपमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । लालले सेवाग्राहीलाई पैसा विना आफु कुनै हालतमा कित्ताकाट नगर्ने र पैसा लिएर आए मात्र काम गर्ने भन्दै आइरहेको खबर अख्तियार टोलीले गोप्य रुपमा पाए पछि बिहिवार लाललाई घुस लिदै पक्राउ गरेका हुन् ।

यसअघि बुधवार पनि रौतहटमा अख्तियारको टोलीले आफ्नो सक्रियता देखाउदै जुद्ध माबिको लेखा सहायकलाई ४५ हजार घूश सहित नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार