टीकापुर हत्याकाण्ड : साक्षी झिकाउन अदालतको आदेश

काठमाडौँ : जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा साक्षी झिकाउने आदेश दिएको छ ।

हत्याकाण्ड ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा बुधबार जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पक्ष र विपक्ष दुवैलाई उक्त घटनाको साक्षी अदालत पेश गर्न आदेश गरेको हो ।

अदालतले भदौ २४ गते वादी/प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश गरेको हो ।

अदालतले भदौ २४ गते वादी/प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गरेको अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो ।

प्रतिनिधिसभामा विजयी रेशम चौधरीसहित २६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरीडकैती मुद्दा चलाइएको छ । उनीहरु पुर्पक्षका लागि कारागारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार