भीरबाट खसेको ढुङ्गाले लागेर मृत्यु

नयाँ बुलन्द

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका-५ स्थित अरुण तेश्रो जलविद्युत पररियोजनाको ड्याम निर्माण गर्ने क्रममा ढुङ्गाले लागेर १ जना कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्ला कालीकोट खाडचप्रा नगरपालिका-१ बस्ने वर्ष ३६ को केशव शाही रहेका छन् ।  सोमबार दिउँसो ड्याम साईट निर्माण गर्ने क्रममा भीरबाट ढुङा खसेर शाहीको टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएपछि प्राथमिक स्वास्थ्य केन्द्र, बेसीमा सामान्य उपचार पश्चात नूमतर्फ लैजाने क्रममा साँझ ७:३० बजे उनको मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अनुसन्धान भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार