इलाममा बम जस्तो शंकास्पद वस्तु फेला

नयाँ बुलन्द

इलाम : मेची राजमार्ग अन्तरगत इलामको फिक्‍कलमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । सुर्योदय नगरपालिकाको फिक्‍कलस्थित पेट्रोल पम्प नजिकै सडकमा शंकास्पद वस्तु फेला परेको हो ।

सडक बीचमा तार सहितको बम जस्तो वस्तु फेला परेको हो । शंकास्पद वस्तु फेला परेको खबर पाएपछि फिक्‍कल प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी चौकी फिक्‍कलका प्रहरी नायब निरीक्षक शम्भु बस्‍नेतले सो वस्तु हटाइसकेको जानकारी दिए । ‘बाहिर हल्ला भएजस्तो खास केही होइन’ बस्‍नेतले भने, ‘पोकामा तार बाँधेर बम जस्तो बनाएर कसैले फ्याँकेको रहेछ । हामीले हटाइसक्यौ ।’

मेची राजमार्ग अन्तरगत इलामको फिक्कलमा फेला परेको बम जस्तो शंकास्पद वस्तु । तस्विर : रुद्र थेवर्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार