नयाँ बुलन्द
मोरङ : मोरङको सुन्दर-हरैचा नगरपालिका-१० विराटचौक स्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राती पौने ९ बजे मोटरसाइकल दुर्घटनामा २ जान घाइते भएका छन् । को ठक्करबाट पैदलयात्री घाइते भएका छन् ।
को २७ प २५३० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा सुन्दर-हरैचा नगरपालिका-१० बस्ने वर्ष ५१ को निर प्रकाश लिम्बु तथा मोटरसाइकल चालक जिल्ला तेह्रथुम फेदाप गाउँपालिका-१ बस्ने वर्ष २१ को कृष्ण भट्टराई र पछाडी सवार मोरङ बेलबारी-नगरपालिका-२ थापा चौक बस्ने वर्ष १९ की कविता श्रेष्ठ घाइते भएका छन् ।
घाइते तीनै जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मोटरसाइकल प्रहरी चौकी विराटचौकमा राखिएको छ ।