झापा : झापाको बेग्लाबेग्लै स्थानमा आईतबार साँझ भएको सवारी दुर्घटनामा ४ जना व्यक्ति घाइते भएका छन् ।
दमक नगरपालिका-५ स्थित यलम्बर चौक स्थित भित्री सडक खण्डमा बेलुकी ७ बजे मे ८ प ९१४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक नगरपालिका-३ बस्ने वर्ष ३५ को देवी लाल चिमरिया घाईते भएका छन् । घाइतेको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाइकल ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
यसैगरी भद्रपुर नगरपालिका-९ कुले चौक स्थित चारआली-केचना सडक खण्डमा बेलुकी ८ डब्लुबि-७४-एसि नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा भद्रपुर नगरपालिका-९ बस्ने वर्ष ५६ को नारायण खड्का घाइते भएका छन् ।घाइते खड्कालाई स्थानीय मेडिकलमा उपचार गराईएको छ भने मोटरसाइकल चालक झापा भद्रपुर नगरपालिका-२ बस्ने वर्ष ३४ को दिपक राई सिमा प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा रहेका छन् ।
यसैगरी दमक नगरपालिका-५ स्थित राजमार्गमा आईतबार बेलुकी ८:३० बजेएसके-०१-पि-०९२६ नम्बरको बोलेरो जीपले मे९ प ८६७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-९ बस्ने वर्ष ४६ को टिका विष्ट र पछाडी सवार झापा कमल गाउँपालिका-६ बस्ने वर्ष ५० को गणेश बुढाथोकी रहेका छन्। घाइते दुबै जनाको दमक स्थित लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने जीप सहित चालक भारत सिक्किम बस्ने वर्ष ३४ को बेन बहादुर सुन्दासलाई ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।