रौतहट पत्रकार महासंघको उपाध्यक्ष, सचिव र सदस्यमाथि मुद्धा

नयाँ बुलन्द

रौतहट : रौतहटको ईतिहासमा पहिलो पटक नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष, सचिव र सदस्यमाथि लिखित गाली बेईज्जीतको मुद्धा दर्ता भएको छ ।

गौरबाट प्रकाशित क्राईम एक्सप्रेस दैनिकका प्रधान सम्पादक, सम्पादक तथा नेपाल पत्रकार महासंघको उपाध्यक्षद्वय आर्दश कुमार उपाध्याय, रजनी ठाकुर, प्रकाशक एवम महासंघका सचिव राजेन्द्र कुमार क्षेत्री र कार्यकारी सम्पादक तथा महासंघका सदस्य रश्मी पटेल माथी गौर नगरपालिकाको उपप्रमुख किरण ठाकुरले लिखत गाली बेईज्जतिको मुद्धा रौतहट जिल्ला अदालतमा दर्ता गराएकी छन् ।

क्राईम एक्सप्रेस दैनिक पत्रिकाले २३ साउन २०७५ मा प्रकाशित गरेको गौर नगरपालिकाकी उपप्रमुख ठाकुरकी नगरमा लिला र २४ साउन २०७५ मा सोही पत्रिकामा सम्पादकीय उपप्रमुख ठाकुरकी नालीबेली शीर्षकको समाचारले लिखित गाली बेईज्जती गरेको र त्यसले आफ्नो मानप्रतिष्ठामा अघात पुर्‍याएको भन्दै उपप्रमुख ठाकुरले आईतबार मुद्धा दर्ता गराएकी हुन् ।

क्राइम एक्सप्रेसले मर्यादित पत्रकारिता पेशा एवं संचारमाध्यमको अववञ्छित रुपमा दुरुपयोग गर्दै जनमानसमा भ्रम फैलाउने कार्य गरेको र आफ्नो चरित्र हत्या गरेको तथा मानप्रतिष्ठको हनन गरेको भन्दै उपप्रमुख ठाकुरले क्राईम एक्सप्रेस दैनिक पत्रिकामाथि रौतहट जिल्ला अदालतमा लिखित गाली बेईज्जती मद्धा दर्ता गराएको बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार