झापामा सवारी दुर्घटना हुँदा १ जना घाइते

नयाँ बुलन्द

झापा : झापाको मेचीनगर नगरपालिका-१३ स्थित मेची राजमार्गमा शुक्रबार साँझ साढे ८ बजे मोटरसाइकल दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ५ प ५०५१ नम्बरको मोटरसाइकल आफै दुर्घटना हुँदा मोटरसाइकका चालक झापा मेचीनगर नगरपालिका-१२ का ३५ वर्षीय सन्तोष चाँपागाई घाइते भएका छन् ।

घाइते चाँपागाईको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भई रहेको छ भने मोटरसाइकल प्रहरी चौकी चारआलीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार