प्रदेश १ काे नाम किरात-लिम्बुवान : युवराज कार्की

काठमाडाैं : संघीय समाजवादी फाेरम नेपालका उपाध्यक्ष युवराज कार्कीले प्रदेश नं १ काे नाम किरात-लिम्बुवान राख्नुपर्ने बताएका छन् ।

संघीय समाजवादी फाेरम नेपाल प्रदेश नं १ का संसदीय दलका नेता तथा प्रदेश सांसद जयराम यादवले प्रदेशकाे नाम सगरमाथा राख्नुपर्ने धारणा अघि सारेपछि कार्यकर्ता तहमा खैलाबैला भइरहेकाे बेला उपाध्यक्ष कार्कीले किरात-लिम्बुवान नै राख्नुपर्ने बताएका हुन् ।

उनले अाफ्नाे पार्टी १० प्लस १ प्रदेशकाे पक्षमा रहेकाे प्रष्ट पार्दै हाल ७ प्रदेश मात्रै भएर नामाकरण हुँदा भने प्रदेश नं १ काे नाम किरात-लिम्बुवान नै हुनुपर्ने बताएका हुन् ।

उनले सगरमाथा प्रदेशले अार्य बाहुनहरूकाे मात्रै पहिचान झल्काउने बताए । कार्कीले फेसबुकमार्फत अाफ्नाे धारणा राखेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार