इलाममा कार्यरत १० राई अधिकृत सम्मानित (फोटोफिचर सहित)

नयाँ बुलन्द

इलाम : इलामका विभिन्न सरकारी कार्यालयमा कार्यरत अधिकृत र सोभन्दा माथिल्लो तहका १० जना राई कार्यालय प्रमुखहरु सम्मानित भएका छन् ।

राई जातिको साझा संस्था किरात राई यायोक्खाले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा उच्च अदालत विराटनगर इलाम इजलासका न्यायधीस तेजनारायणसिंह राई, इलाम जिल्ला अदालतका न्यायधीस इन्द्रकुमार चाङटेन्ली राई, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक नविनसंह राई, करदाता सेवा कार्यालयका कर अधिकृत शिवकुमार राई, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख अद्योग अधिकृत सत्यनाराण राई रहेका छन् ।

त्यस्तै हुलाक कार्यालयका हुलाक अधिकृत जुवालदास राई, महिला तथा बालबालिका अधिकृत राजकुमारी राई, इलाम नगरपालिकाका लेखा अधिकृत राजकुमार राई, नेपाल बैंक लिमिटेडका शाखा प्रवन्धक प्रतिमा वान्तवा राई र कृषि सामग्री संस्थानका प्रमुख गोमादेवी राई सम्मानित भएका हुन् ।

उनीहरुलाई किरात राई यायोक्खाका केन्द्रीय सदस्य कृष्णकुमार खालिङ राईले अविर र फेटा ओढाएर सम्मान गरे । साथै सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

सोही अवसरमा शुभकामना आदानप्रदान समेत आयोजना गरिएको थियो । कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य कृष्णकुमार खालिङ राई, पूर्व उपमहासचिव जेवी राई, सम्मानित उच्च अदालत विराटनगर इलाम इजलासका न्यायाधीस तेजनारायणसिंह राई, जिल्ला अदालतका न्यायाधीस इन्द्रकुमार चाङटेन्ली राई, महिला विकास अधिकृत राजकुमारी राई, नेपाल आदिवासी जानजाति महासंघकी कोषाध्यक्ष प्रविना राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष राम योङहाङ, यायोक्खाका सल्लाहकार प्रम नाछिरिङ, भादृ संगठनका तफृबाट खेम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात राई यायोक्खा इलामका अध्यक्ष चित्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत पुष्पा राइ र सञ्चालन सचिव होम राईले गरेका थिए ।

सबै तस्वीर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार