नयाँ बुलन्द
इलाम : गएराती परेको चट्याङले इलामको गोदकमा ५ चौपाय मरेको छ ।
गएराती साढे १ बजे परेको चट्याङले इलाम नगरपालिका १० गोदक गैरीबारीका दिनेश राईको ४ वटा बाख्रा र एउटा गाईको बाछो मरेको प्रहरीले जनाएको छ ।
चट्याङले राईको घरमा रहेको बिजुलीको मिटर बक्स समेत जलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।