सिद्ध बाबाद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

युद्धबहादुर बोहोरा

इलाम : इलामको पश्चिमी भेगको शैक्षिक क्षेत्रमा अब्बल रहेको सिद्ध बाबा आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षा २०७४ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि फाकफोकथुम-१ का अध्यक्ष टेकवीर नेम्वाङले फाकफोकथुम गाउँपालिकामा सिद्ध बाबा आवसिय विद्यालय उत्कृष्ट विद्यालय भएको बताउँदै अभिभावकको अवस्था र स्थितिलाई ख्याल गर्दै विधालयले अभिभावकको आशालाई इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए ।

शिक्षा महँगो बन्दै गएकोले अभिभावकको आर्थिक अवस्थालाई मध्यनगर गरी विधालयले निर्णय गर्नुपर्ने प्रमुख अतिथि नेम्वाङको भनाइ छ। विद्यालयका संचालक तथा कार्यक्रमका अध्यक्ष डिल्ली बस्नेतले सिद्ध बाबा आवसिय उत्कृष्ट विद्यालय भएकोले गुणस्तर शिक्षाका लागि अन्यत्र जानु नपर्ने बताए ।

सिद्ध बाबा आवासीय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७४ मा ११ जना एसईई परीक्षामा संलग्न भएका थिए ।११ जना विद्यार्थी मध्ये ३ जनाले ए र ८ जनाले बी प्लस ग्रेडमा उत्तीर्ण भएको विद्यालयका प्रधानध्यापक फडिन्द्र बस्नेतले जानकारी दिए ।

अभिभावकले विद्यार्थीलाई विधालयमा पढ्न पठाउँदैमा राम्रो ग्रेडमा उतिर्ण हुन सक्दैन उनीहरुको हरेक क्रियाकलाप संग अभिभावकको गहन जिम्मेवारी हुन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेम्वाङले विद्यार्थीलाई प्रशंसापत्र प्रदान गरेका थिए। विधालयले विद्यार्थीलाई खादा ओढाएर सम्मान गरेको थियो भने अभिभावक संघका सल्लाहकार तथा एल.बि.ज्वेलर्सका संचालक लालबहादुर रहपाल (एल.बि.) ले उत्तीर्ण हुने विद्यार्थीलाई मायाको चिनो प्रदान गरेका थिए ।

विगत २० वर्ष देखि संचालन भएको यस विधालयका पूर्व संस्थापकहरु खम्बसिंह बस्नेत,तिलबिक्रम चेम्जोङ, चन्द्रकला लावती, टेकवीर नेम्वाङ र डम्बरसिंह बस्नेतलाई सम्मान गरिएको बताइएको छ ।

कार्यक्रममा उपस्थित अभिभावक संघ अध्यक्ष टीका सम्बाहाम्फे, शिक्षक श्रीप्रसाद पोर्तेल, समाजसेवी टीका बोहोरा, वेगबहादुर निरौला, जग्गादाता कृष्ण सम्बाहाम्फे, अभिभावक, समाजसेवी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार