विद्यार्थीले महेन्द्र रत्‍न बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाए (भिडियो सहित)

नयाँ बुलन्द

इलाम : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार साँझ सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । विद्यार्थी भोजराज जोशीमाथि छात्राबासमै कुटपिट हुँदा समेत क्याम्पस प्रशासन मौन रहेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको कुर्सी जलाएको हो ।

आक्रोशित विद्यार्थीको समूहले क्याम्पस प्रमुख रामप्रसाद गुरागाईको एक थान टेबल र दुई थान टेबल बाहिर निकाली जलाएका हुन् । विद्यार्थीलाई छात्राबासमै आक्रमण हुँदा समेत प्रशासन मौन रहेको र पटकपटक जानकारी गराउँदा पनि क्याम्पस प्रमुखले वेवास्ता गरेपछि उनको कुर्सी जलाइएको अध्यक्ष भट्टराईले बताए ।

‘हामीले घटनाका सम्बन्धमा जानकारी गराई घाईते विद्यार्थीको उपचारको व्यवस्था मिलाउन प्रमुखलाई पटकपटक भन्यौं । उहाँले परिक्षा चलिरहेको छ एकछिन पर्खिनुहोस् भन्नुभयो’ भट्टराईले भने ‘परिक्षा सकिएपछि त हाम्रो कुरै नसुनी हिँड्नुभयो । त्यसपछि आक्रोशित विद्यार्थी उहाँको कर्सी जलाउन बाध्य भयो ।’

छात्रावासमा सुतीरहेको आफ्ना कार्यकर्ता समेत रहेका विद्यार्थी भोजराज जोशीमाथी अनेरास्ववियुका क्याम्पस कमिटि सचिव दर्शन राई र अखिल (क्रन्तिकारी) का सुशिल बानियाँ नेतृत्वको २०/२५ जनाको समूहले आक्रमण गरी घाईते बनाएको नेविसंघका कार्यबाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए ।

सो समूहले दिउँसो करिब साढे १ बजे छात्राबासमै जोशीमाथि आक्रमण गरी घाईते बनाएका नेविसंघले जानाएको छ । आक्रमणमा परी घाईते जोशीलाई इलाम अस्पतालमा उपचार गराई थप उपचारका लागि झापाको विर्तामोडतर्फ लैजाने तयारी भईरहेको अध्यक्ष भट्टराईले जानकारी दिए । जोशीको टाउको, हातमा चोट लागेको छ । नेपाल विद्यार्थी संघ बागवानी संकायका अध्यक्ष समेत रहेका जोशी महेन्द्र रत्न बहुमुखी क्याम्पस बागवानी संकाय सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।

यता अनेरास्ववियुका जिल्ला अध्यक्ष इश्वरी तामाङले भने आक्रमण नभएको भन्दै दोहोरो झडपका क्रममा नेविसंघका कार्यकर्ता घाईते भएको दावी गरे । गत ११ साउनमा विद्यार्थी स्वागत कार्यक्रमा भएको विवादको विषयलाई लिएर दुई पक्षबीच झडप भएको दावी गरे । उनले आफ्नो विद्यार्थी संगठको तर्फबाट समेत घाइते भएको तामाङको भनाई छ ।
क्याम्पस प्रमख रामप्रसाद गुरागाईले आगजानी भएको सामान्य जानकारी पाएपनि घटनाका बारेमा विस्तृत जानकारी नभएका् प्रतिक्रिया दिए ।

घाईतेको उपचार र दोषीमाथि कारवाही गर्न नेविसंघको माग

यसैबीच नेपाल विद्यार्थी संघले घाईते विद्यार्थी भोजराज जोशीको उपाचार र घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । छात्रबासमै विद्यार्थीमाथि आक्रमण हुनु दुखद भन्दै क्याम्पस प्रशासनले उपचारको व्यवस्था गर्नुपर्ने नेपाल विद्यार्थी संघ महेन्द्र रत्न बहुमुखी क्याम्पस अध्यक्ष बबिन बोखिमको माग छ ।

क्याम्पस हाताभित्रै विद्यार्थीमाथि आक्रमण हुँदा समेत क्याम्पस प्रशासन मौन रहेको भन्दै बोखिमले आन्दोलनमा उत्रनु परेको बताए । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन प्रशासनसँग माग गर्दै अध्यक्ष बोखिमले वेवास्ता गरे थप आन्दोलनको कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार