इलाममा चार सय ९२ मुद्धा फर्छ्यौट

सुजता सुनुवार

इलाम : इलाम जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा चार सय ९२ मुद्दा फर्छ्यौट गरिएको छ ।

अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरि आएका समेत गरी आव २०७४/७५ मा सात सय ४१ मुद्दा परेका थिए । इलाम जिल्ला अदालतका अनुसार फछ्र्योटमध्ये सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा एक सय ६४ र सबैभन्दा कम मानव बेचविखन सम्बन्धिका दुई मुद्दा छन् । केही मुद्धा दर्ता भए कै दिन फछ्र्योट भएका छन् । एउटा मुद्धा भने १८ महिना लाग्दा समेत फछ्र्योट हुन नसकेको कार्यलयले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरि आएका दुई सय ५५ थान मुद्दा बाहेक चार सय ८६ नयाँ मुद्दा दर्ता भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । फछ्र्योट हुन बाँकी दुई सय ४९ मुद्धा रहेका छन् ।

अदालतका अनुसार परिवारिक बेमेल, घर छाडेर वैदेशिक रोजगारीमा जानु, प्रेम बस्नु, कम उमेरमा नै विवाह गर्नु, घरेलु हिंसा, महत्वाकांक्षा बढ्नु जस्ता कारणले सम्बन्धबिच्छेदका घटना हुने गरेको पाइएको बताइएको छ ।

अदालतमा सम्बन्धबिच्छेद, अंश सम्बन्धि मुद्धा जस्ता मुद्दाको संख्या बढ्दै गएको कार्यलयले जानकारी दिएको छ । गएको वर्ष लक्ष्य भन्दा बढी मुद्धा फछ्र्योट भएको अदालतका श्रेष्तेदार जगदिश्वर भटटराईले बताए । उनका अनुसार ६५ प्रतिशत मुद्धा फरछयौट गर्ने लक्ष्य लिएकोमा अदालतले ६६ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो ।

श्रेष्तेदार भट्टराईका अनुसार कार्यलयमा सबै कर्मचारी कार्यलय समय विहान नौ बजे नै हाजिरी हुने आवश्यक कर्मचारी सबै हुनु र आलेख कार्यन्वयन छिट्टो गर्ने जस्ता गतिविधिका कारणले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्योट भएका हुन् ।

आव २०७४/७५ सम्म सम्बन्धबिच्छेदका दुई सय १६ थान मुद्दा पुगेकोमा एक सय ६४ थान मुद्धाको फछ्र्योट भएको छ । यस्तै अंश सम्बन्धिका एक सय ३६ थान मुद्दा दर्ता भएकोमा ७२ थानको मुद्दा फछ्र्योट गरिएको छ ।

यस्तै मेलमिलापका लागि ५० थानमा पाँच थानको, गालीबेइज्जती र बहुबिबाह सम्बन्धि ९/९ थानमा ७/७ थान, जवरजस्ति करणी सम्बन्धि ३४ थानमा २८ थान मुद्दाको फैसला भएको बताइएको छ । यसैगरी जवरजस्ति करणी उद्योगको १० थानमा ८ वटा मुद्धाको फैसला भएको छ । कर्तव्य ज्यान सम्बन्धि १६ थानमा १२ थानको , ज्यान मार्ने उद्योगको १३ थानमा १० थान मुद्दाको किनारा लागेको छ ।

हाडनाता करणीका सात थान र सवारी ज्यान सम्बन्धिका ६ थान मुद्दा दर्ता भएकोमा यी सबैको फैसला भएको छ । यस्तै घरेलु हिँसा सम्बन्धिका तीन थानमा एउटा, गर्भपतन सम्बन्धिका दुई थानमा एउटाको, मानव वेचबिखन सम्बन्धि दर्ता भएका दुई थान मुद्दामध्ये दुई वटै लगायतको फैसला भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार