योङहाङ सेवा समाज वृहत भेला आयोजक समिति गठन

नयाँ बुलन्द

इलाम : इलाममा योङहाङ सेवा समाज बृहत भेला आयोजक समिति गठन भएको छ ।

बुधबार इलाम सदरमुकाममा भएको योङहाङ बन्धुहरुको प्रथम एतिहासिक  भेलाले पञ्‍चबहादुर योङहाङको संयोजकत्वमा १५ सदस्यीय  योङहाङ सेवा समाज बृहत भेला आयोजक समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा अतित योङहाङ चयन भएका छन् । सदस्यहरुमा राम योङहाङ, राजेन्द्र योङहाङ, वाइबी योङहाङ, दीपा योङहाङ, योगेश योङहाङ, बलराम योङहाङ, मणीविक्रम योङहाङ, सुनिता योङहाङ, सन्तराम योङहाङ, शुक्रराज योङहाङ, धनप्रसाद योङहाङ र अम्बिका योङहाङ चयन भएका छन् ।

साथै भेलाले आगामी ९ भदौमा माङसेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखी धाममा वृहत योङहाङ बन्धुहरुको भेला आयोजना गर्ने निर्णय समेत गरेको छ । भेलाले राजेन्द्र योङहाङ, राम योङहाङ र गोविन्द योङहाङलाई आर्थिक व्यवस्थापनको जिम्मा दिएको छ । सो भेला मार्फत योङहाङ बन्धुहरुको उत्थान र विकासका लागि योङहाङ सेवा समाज गठन गिरने जनाइएको छ ।

शिक्षक छत्रबहादुर योङहाङको अध्यक्षतामा र किरात याक्थुङ चुम्लङका केन्द्रीय उपाध्यक्ष याम योङहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार