इलाम नगरकार्यापालिकाको बैठकद्वारा ६ वटा समिति गठन

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका नगरकार्यपालिकाको सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले विभिन्न ६ वटा नगरस्तरीय समितिहरु गठन गरेको छ ।

टीका घिमिरेको अध्यक्षतामा नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान, उपेन्द्र बैधको अध्यक्षतामा नगर पर्यटन प्रवद्र्धन समिति, सचिन रायमाझीको अध्यक्षतामा नगर युवा परिषद्, विनोद श्रेष्ठको अध्यक्षतमा नगर खेलकुद विकास समिति र मनकुमार बराइलीको अध्यक्षतामा नगर दलित समन्वय समिति गठन गरेको छ ।

यसैगरी इलाम नगरपालिका भित्र रहेका केही सामुदायिक विद्यालयहरुमा इलाम नगरपालिकाको शिक्षा नियमावली २०७४ को ब्यवस्था अनुसार विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष तोकिएको छ । यस्तै नूतनदेव दुलालको संयोजकत्वमा इलाम नगरपालिकाका पदाधिकारी तथा कर्मचारीका लागि आचारसंहिताको मस्यौदा तयार गर्नको लागि समिति निर्माण गरेको छ ।

बैठकले इलाम नगरपालिकामा आन्तरिक पूँजी परिचालन र बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना गर्ने तथा नागरिकहरुको आम्दानी अभिवृद्धि गरी समृद्धि हासिल गर्नको लागि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको संयोजकत्वमा लगानी प्रवद्र्धन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा इलाम नगरपालिका उपप्रमुख सुशिला नेम्बाङ्ग र सदस्यहरुमा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, संघीय राजधानी काठमाण्डौमा समन्वयका लागि अर्जुन भट्टराई र प्रदेश नं. १ मा संयोजनको लागि कृष्ण शाह रहेका छन् ।

इलाम नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुबाट वातावरण संरक्षण र प्रवद्र्धन हुनेगरी फोहोरमैला ब्यवस्थापन सम्बन्धी नैतिक शिक्षा प्रवद्र्धन हुने गरी ऐच्छिक विषयको रुपमा पठनपाठन गर्न उपयुक्त पाठ्यक्रम तयारी गर्ने समेत निर्णय भएको छ ।

चालु आर्थिक वर्षा २०७५/७६ को बजेट बक्तब्य मार्पmत १० वटा वडाका कृषकहरुलाई गाईपालनमा अनुदान कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि कार्यविधि बनाउने निर्णय भएको छ ।

इलाम नगरपालिकाको भगिनी नगर धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको २०७५ साल साउन १ गतेका दिन असामयिक निधन भएकोमा स्वर्गीय सुब्बाको आत्मप्रति चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने तथा स्वर्गीय सुब्बाको परिवार धरान उपमहानगरपालिका र सम्पूर्ण धरानेली जनताहरुमा समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार