समस्या समाधानका लागि सुर्योदय नगरपालिकाद्वारा संयुक्त अनुगमन

स्थानीय आशावादी

गोबिन्द पौडेल

रोङ : सुर्योदय नगरपालिकाले हर्कटेबजारको समस्याहरुको बारेमा अध्ययन अनुगमन गर्न गठन गरेको टोलिले सोमबार स्थलगत अनुगमन गरि नगरपालिकासमक्ष प्रतिवेदन पेश गरेको छ । जनप्रतिनिधिले गरेका काममा स्थानीयबासीले लगातार असन्तुष्टि जनाएपछि सुर्याेदय नगरपालिकाले समिति नै गठन गरी अनुगमन गरेको हो ।

सुर्योदय नगरपालिका र रोङ गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित पूर्वको व्यापारिक केन्द्र विस्तार हुँदै गएको हर्कटेमा, हर्कटे-तारगाउ मोटरबाटो विस्तार गर्दा आएको समस्या, खानेपानीमा आएको समस्या, हर्कटे-तारगाउ-जिर्मले सडक विस्तार गर्दा आएको समस्या र साप्ताहिक हटिया स्थान लगायतको समस्या आएर स्थानियबासी, व्यापारी र जनप्रतिनिधिहरु बिच सम्बन्ध चिसिदैं गएको थियो ।

चिसिएको सम्बन्धलार्य सुधार गर्न सुर्याेदय नगरपालिकाको ३२ असारको निर्णयनुसार वडा नम्बर ५ का अध्यक्ष प्रेम तामाङ, ७ का अध्यक्ष लेखनाथ खड्का, १३ का अध्यक्ष धनबहादुर राई, १४ का अध्यक्ष नरबहादुर सुवेदी र नगरपालिकाका इन्जिनियरद्वय सिजन गदाल र दिपेश आचार्य सहति स्थानियबासीको टोलीले स्थलगत रुपमा विवादित स्थलहरुको अनुगमन गरि प्रतिवेदन समेत तयार गरेको अनुगनम टोलीका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष प्रेम तामाङले बताए ।

नयाँ बुलन्द डटकम, रेडियो बुद्धवाणी सहित विभिन्न सञ्चारमाध्यममा लगातार समाचार प्रकाशन र प्रसारण भएपछि सुर्योदय नगरपालिकाले अनुगमन टोली गठन गरेको थियो । अनुगमनका क्रममा सडक निमार्णले हर्कटे बजारमा आपवूर्ति गरिदै आएको खानेपानीका तीनवटा ट्याङ्की संरक्षण गरिनुपर्ने, हर्कटे तारगाउ सडकको माथिल्लोपट्टी धाजा फाटेकोले पहिरोको जोखिममा रहेको र अवरुद्ध सडक संचालन गरिनका लागि प्राविधिक अध्ययन गरिनुपर्ने, हर्कटे तारगाउ, जिर्मले सडकको डिपीआरमा एकरुपता हुनुपर्ने, हटिया स्थलमा देखिएको समस्या स्थानियबासी र सरोकारवाला बसेर समाधान गरिनुपर्ने देखिएको जनाईएको छ ।

त्यस्तै हर्कटे जिर्मले सडकलाई प्रहरी चौकीको आसपासबाट विस्तार गरि हर्कटे तारगाउ सडकलाइ दुग्ध उद्योगबाट तारगाउतिर विस्तार गरि हटिया स्थल र हर्कटे बजारको संरक्षण र संबर्धन गरिनुपर्ने स्थानियबासीको माग रहेको वडा नम्बर ७ का अध्यक्ष लेखनाथ खड्काले बताए ।

नगरपालिकाले विवाद समाधानका लागि समिति गठन गरि नागरिकको गुनासो सुनिदिएकोले आफुहरु नगरपालिकाप्रति आशावादी बनेको स्थानीय इश्वरी बरालले बताए । नगरपालिकाले स्थलगत रुपमा नै विज्ञ सहितको अध्ययन टोली बनाएर सरोकारवाला नागरिकहरुसग आउनु सकरात्मक रहेको बताउँदै अर्का स्थानीय दुर्गाराज निरौलाले अब वास्तविकता बुझेर काम गरेमा आफुहरु नगरको काममा सधैं साथ दिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार