फाल्गुनन्दबाट सेहोनाम्लाङ पत्रिका प्रकाशन सुरु

युद्धबहादुर बोहोरा

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट सेहोनाम्लाङ द्वैमासिक पत्रिकाको सुरु भएको छ ।

सेहोनाम्लाङ साहित्य समाज पाँचथरद्वारा प्रकाशित पत्रिकाको गाउँपालिकाको सभाहल घुर्बीसे पन्चमीमा सोमबार विमोचन गरियो ।

गाउँपालिकामा रहेको ऎतिहासिक तथा धार्मिक स्थल सेहोनाम्लाङ (छाला सुकुवा) को नामबाट नामाकरण गरिएको पत्रिकाका संरक्षक कान्छा बाजेको अध्यक्षता तथा प्रमुख आतिथि गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङले विमोचन गरेका थिए ।

कार्यक्रम प्रमुख अतिथि नेम्वाङले शुभकामना दिदै भने ‘धार्मिक स्थलको नामसँग जोडिएको यो पत्रिकाको संचालन हुनुले यस षाउँपालिकाको धार्मिक तथा पर्यटकिय स्थलको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने विस्वास’ छ । नेम्बाङले गाउँपालिकाबाट संचार तथा साहित्य र कलालाई प्रोत्साहन गरिने प्रतिबद्धता समेत जनाए ।

शिक्षक तथा साहित्यकार सूर्य शिशिर केरुङ्ग, नायक तथा साहित्य र गजलकार मधु केरुङ, योगी साहित्यकार एलबि नेम्वाङ लगायतले शुभकामना राखेका थिए । शुभकामनामा सर्जकहरुले पत्रिकाको सुरुवात गरेपछि निरन्तरता दिन चुनौती रहेकोले उचित व्यवस्थापन सहित स्तरीयलेख, रचना, खोज, अनुसन्धान, ज्ञानर्द्धक र तथ्यपूर्ण जानकारीहरु समावेश भए पाठकको मन जित्न सक्ने बताए । यसतर्फ सम्पादकमण्डको ध्यान जानुपर्नेमा सुझाव दिए ।

कार्यक्रममा पाँचथरका लेखक साहित्यसर्जक, पत्रकार, शिक्षक जनप्रतिनिधिहरुको उपस्थित थियो । साहित्यकार तथा पत्रकार सन्देश सुब्बाले पत्रीकाको समिक्षा गरेका थिए । सम्पादक राज दिलाञ्जलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा भीम चेम्जोङले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार