विश्‍वकप २०१८ बाट नयाँ युगको उदय

नयाँ बुलन्द

इलाम : आइतबार राती रुसको मस्कोस्थित लोझनी रंगशालामा फ्रान्स र क्रोएसियाको अन्तिम फाइनलमा ४-२ ले क्रोएसीयालाई हराउँदै फ्रान्सले उपाधि उचालेसँगै २१ औं संस्करणको विश्‍वकपले ४ वर्षको लागि रुसबाट बिदा लिएको छ ।

२०१८ को २१ औं विश्‍वकप समाप्तिसँगै नयाँ युगको पनि उदय भएकोले २१ औं विश्‍वकपलाई विशेष र अलग रुपमा चित्रण गरिएको छ । यो विश्‍वकपले १० वर्षदेखि एक छत्र राज गर्दै आएको अर्जेन्टिनाको क्याप्टेन लियोन मेस्सी र पोर्चुगलको क्याप्टेन किस्टियानो रोल्डोको अन्त्य भएको छ ।

यी दुवै टोलि अन्तिम १६ बाटै एकै दिनमा बिदा भए । रोनाल्डो ५ पटक र मेस्सी ४ पल्ट फिफा खेलाडी घोसित भैसकेका छ्न् । विश्‍वकप सुरु हुनपूर्व जुन अपेक्षा गरिएको थियो, त्यो अनुरुप आफ्नो क्षमता देखाउनु नसक्‍नु र उमेरको कारण यो विश्‍वकप नै रोनाल्डो र मेस्सीको अन्तिम विश्व‍कप थियो । आफ्नो देशलाई जिताउनै पर्ने समयमा पनि केही गर्न नसक्दा अहिले सर्वत्र आलोचनाको सिकार बनिरहेका छन् ।

यी दुई खेलाडीको एक छत्र राजको अन्त्य फ्रान्सका स्ट्राइकर केरियन एम्बापे र क्रोएसियाको लुका मड्रीचको उदयसँगै मेस्सी र रोनाल्डो धरापमा परेको हो । फ्रान्सको पेरिस सेन्टजरमेनमा केही समय अगाडि १८ करोड मिलियनमा विश्वको दोस्रो महँगो खेलाडीमा अनुबन्ध भएदेखि चर्चा चुलिदैँ आएको केरियन एम्बापे यो विश्‍वकपमा आफुलाई उत्कृष्ठ साबित गर्दै पेलेपछि सबै भन्दा कम उमेरमा गोल गर्ने खेलाडिमा आफूलाई उभ्यान सफल भए ।

यस भन्दा अगाडि सन् १९५८ मा १७ वर्षको उमेरमा पेलेले सुइडेन विरुद्ध फाइनलमा गोल गरेका थिए । तीब्र गतिका १९ वर्षे केरियन एम्बापेले यो विश्व कपमा ४ गोल गरेका छन् । अर्जेन्टिना सँगको खेलमा उत्कृष्ट खेल खेल्दै २ गोल गरेका थिए भने एउटा गोलको पास मिलाएका थिए । फाइनलमा पनि क्रोएसिया विरुद्ध गोल गर्दै उत्कृष्ठ युवा फुटबल खेलाडिको उपाधि हत्याउन सफल भए ।

त्यस्ताई रियल म्याट्रीडमा रोनाल्डो र करिमा बेन्जियमको छायामा पर्दै आएको क्रोएसियाका कप्तान लुका मट्रीचले मिटफिल्डमा यति राम्रो जमेर खेल्यो कि उनकै देनले क्रोएसियालाई इतिहासमा पहिलो पटक विश्‍वकपको फाइनलमा पुर्‍याउन सफल हुँदै विश्‍वकपमा उत्कृष्ठ खेलाडी हुँदै गोल्डेन बल जित्‍न सफल भए ।

५० हजार भन्दा कम जनसंख्या भएको र लामो समयसम्म विद्रोहसँगै टुक्रिएर स्वतन्त्र भएको कम समयमै क्रोएसियालाई विश्‍वकपको फाइनलसम्म पुर्‍याएपछि मोट्रीचको संसारभर अहिले चर्चा हुन थालेको छ । त्यसो त सानोमा विद्रोहीहरुले आफ्नो बाजेसहित परिवारको ६ जनालाई गोली हानेर मारेपछि मड्रीचले ज्यान जोगाउन र पेट पाल्न होटल बस्‍नुपरेको परेको थियो । त्यही समयमा उनले होटलको पार्किङ गर्ने ठाउँमा फुटबल सेकेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार