युद्धबहादुर बोहोरा
पाँचथर : पाँचथर फाल्गुनन्दको चालु आर्थिक बर्ष ०७५र०७६ का लागि २७ करोड ६० लाख ३१ हजार ५ सय ५० रुपैयाँ को बजेट सार्वजनिक भएको छ ।
सार्वजनिक गरिएको बजेटमा नेपाल सरकारबाट समानिकरण अनुदान ९ करोड १० लाख रुपैयाँ छ भने सर्त सहित अनुदान १४ करोड ७९ लाख गरि जम्मा २३ करोड ८९ लाख रुपैयाँ रहेको छ।प्रदेश सरकार बाट सर्त सहित अनुदान रु.१ करोड बजेट प्राप्त भएको छ। आन्तरिक राजस्व स्रोत प्रक्ष्येपण ३८ लाख ५ सय २५ ररुपैयाँ र प्रदेश सरकार राजस्व बाँडफाँड बाट ३३ लाख ३१ हजार रुपैयाँ संकलन गरिने जनाएको छ ।
आर्थिक बर्ष ०७४/०७५ को गाउँपालिका संचित कोष मौज्दा २ करोड रुपैयाँ रहेको छ । पालिकाको पुँजीगत खर्च ११ करोड ८१ लाख ३१ हजार ५ सय ५० रुपैयाँ रहेको छ।जस मध्येबाट सात वटा वडाहरुलाई पुँजीगत खर्च ३ करोड ३६ रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख छ ।
त्यस्तै, व्यय शिर्षकमा एक वडा एक खेलमैदानको लागि ७० लाख ररुपैयाँ,प्रत्येक वडामा योग शिविरको लागि ७ लाख रुपैयाँ ,विद्यालयमा मार्सल आर्ट तालिमका लागि ३ लाख ५० हजार रुपैयाँ र बाल मैत्री गाउँपालिका पुर्वाधार निर्माणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कृषितर्फ २८ लाख रुपैयाँ ,पशु शाखा १७ लाख रुपैयाँ ,महिला शाखा ५ लाख रुपैयाँ, विपद व्यवस्थापन तर्फ १२ लाख रुपैयाँ र अध्यक्ष विशेष कोषमा ५० लाख रुपैयाँ छुट्याइएको छ। सवारी साधन खरिदमा ४० लाख रुपैयाँ ,इम्बुङ,पौवा सारताप र चिलिङ्देनमा बेमौसमी तरकारी उत्पादनका लागि पाइलट प्रोजेक्ट संचालनमा १० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।
शिक्षण संस्था सहायताको लागि १५ लाख र विद्यालयमा मातृ भाषा पठन पाठनको लागि १० लाख रुपैयाँ विनियोजन भएको छ। गाउँपालिकामा स्वास्थ तर्फ ५४ जना महिला र आयुर्वेद तर्फ १८ गरि जम्मा ७२ जना स्वयं सेविकालाई यातायात खर्च स्वरुप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने गाउँ सभाले निर्णय गरेको छ ।
तेस्रो पालिकासभाले पारित नीति तथा कार्यक्रम सहितको बजेटबारे जानकारी गराउदै अध्यक्ष अम्बर नेम्बाङले यस पालिकालाई समृद्ध र नमूना गाउँपालिका निर्माणमा जोड दिने बताएका छन्। आर्थिक बर्षको बजेट उपाध्यक्ष देवित्रा आङ्देम्बेले प्रस्तुत गरेकी थिइन् ।