लिम्बू विद्यार्थी मञ्‍चद्वारा शुभकामना आदानप्रदान

नयाँ बुलन्द

इलाम : लिम्बू विद्यार्थी मञ्‍च इलामले सिसेक्‍पा तङनामको अवसरमा इलाम सदरमुकाममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्‍न गरेको छ ।

किरात लिम्बू समुदायको चाड सिसेक्‍पा तङनाम येले तङवे ५०७८ (साउने सक्रान्ति २०७५) अवसरमा लिम्बू विद्यार्थी मञ्‍चले महेन्द्र रत्‍न बहुमुखी क्याम्पसमा शुभकामना आदानप्रदान कार्य्रकम आयोजना गरेको हो ।

लिम्बट्ठ विद्यार्थी मञ्‍च इलामका अध्यक्ष अतित योङहाङको अध्यक्षता र केन्द्रीय सदस्य गुल्सन आङबुहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले आफ्नो मौलिक चाडपर्वको संरक्षण र जगेर्नामा युवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण रहने धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी आङबुहाङसहित किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, इलाम शाखा अध्यक्ष गायत्री थेगिम, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङ, किरात याक्थुङ चुम्लुङ इलाम नगर अध्यक्ष बखतबहादुर आङदेम्बे लगायतले सिसेक्पा तङनामको शुभकामना दिदैं लिम्बू समुदायको संस्कृति जगेर्ना गर्न त्यसको खोज, अध्ययन तथा अनुसन्धान गरी दस्तावेजीकरण गर्न  युवा विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

लिम्बू विद्यार्थी मञ्‍च इलामकी सचिव अस्मीता येक्तेनले सञ्‍चालन गरेकी कार्यक्रमको स्वागत उपाध्यक्ष सन्तोष लिङदमले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार