माईजोगमाईमा रिजर्भ ट्याङ्‍की निर्माण

नयाँ बुलन्द

माइजोगमाई : इलामको माईजोगमाई ६ मा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । माइजोगमाइ गाउँपालिकाको एक लाख रुपैयाँ र ९५ हजार रुपैयाँ बराबरको जनश्रमदान गरी एक लाख ९५ हजार रुपैयाँको लागतमा ८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको साहारा थेवे खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

बढ्दो जनसंख्यासँगै खानेपानीको मुहान समेत सुक्दै गएकाले काकाकुल हुन नपरोस् भनेर रिजर्भ ट्याङकी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष अमर थेवेले बताए ।

विगत एक दशकदेखि १६ घरधुरीले प्रयोग गर्दै आएको साहारा थेबे खानेपानीको मुहान सुक्‍न थालेपछि पछिल्लो पुस्तालाई पानीको हाहाकार नहोस् भनेर निमित्त रिजर्भ टंयाङकी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष थेबेको भनाइ छ ।

यसअघि निर्मित ट्याङ्कीले सानो भएकाले पानी अपुग हुन थालेपछि नयाँ निर्माण गरिएको अर्का उपभोक्ता पबित्रा घिमिरेले बताइन् । ट्याङ्की निर्माण भएपछि अहिले सबै उपभोक्ताहरुको धारामा सहज रुपमा खानेपानी आपुर्ती हुन थालेको अर्का उपभोक्ता दिलमाया थेवेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार