माङसेबुङमा आदिवासी जनजातिहरुका लागि सचेतना कार्यक्रम

नया बुलन्द

माङसेबुङ : आदिवासी जनजातिहरुका लागि दुई दिवसीय सचेतनामूलक कार्यक्रम इलामको माङसेबुङमा  सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामको आयोजनामा भएको कार्यक्रममा वडाका ४० बढी आदिवासी जनजातिहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई नेपाल आदिवासी जनजाति महासंघ इलामका कानुनी सल्लाहकार एवम् किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले सहजीकरण गरिरहेका छन् ।

आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष राम योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको उद्घाटन प्रमुख अतिथी वडा अध्यक्ष मैतराज राईले गरेका थिए । कार्यक्रम सञ्चालनका लागि माङसेबुङ गाउँपालिका वडा नम्बर ३ ले आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार