पहिरोले अधिकाशं सडक अवरुद्ध

गोबिन्द पौडेल

रोङ : लगातारको वर्षपछि रोङ गाउँपालिकाको बिभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । रोङ ६ को हर्कटे जिर्मले सडक खण्डको आधा दर्जन जति स्थानमा खसेको पहिरोले सवारी साधन अवरुद्ध भएको थियो भने सलकपुर निन्दा सडकको बिभिन्न स्थानमा पनि सडक अवरुद्ध भएको छ ।

यहाँका किसानहरुले उत्पादन गरेको तरकारी र संकलित दुग्ध चाडै बिग्रने भएपछि बिहानै देखि बाटो मर्मतमा लाग्नुपरेको सलकपुरका याम अधिकारीले बताए । बाटो बनाउने र भतकने क्रम दिनहु हुने हुदा स्थानियले हैरानी बेहोनु परेकोले गाउ पालिकाले यस्ता बाटोहरुको पहिचान गरि मर्मतको लागि निश्चित कार्ययोजना बनाउनु पर्ने रोङ ६ का डोर बहादुर पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार