घरेलुको प्रगति समिक्षा गोष्ठी

नयाँ बुलन्द

इलाम : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामले मंगलबार प्रगति समिक्षा गोष्ठी आयोजना गरेको छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष ०७३/७४ र चालु आव ०७४/७५ मा गरेका कार्यक्रमको जानकारी दिने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा दुई आवको प्रगति विवरण घरेलु तथा सामना उद्योग विकास समितिका प्रमुख सत्यनारायण राईले प्रस्तुत गरेका थिए ।

प्रगति विवरण अनुसार जिल्लामा चालु आवमा करिव चार सय जनालाई विभिन्न स्थानीय तहहरुमा सीपमुलक तालिम दिएको उल्लेख छ । त्यस्तै ६२ जनालाई उपयुक्त प्रविधि वितरण गरिएको छ भने ८९ जनालाई औद्योगीक परामर्श दिईएको प्रमुख राईले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा बरालले घरेलु तथा साना उद्योग विकास समितिलेद्वारा सीपमुलक तालिम दिईएका प्रशिक्षार्थीलाई निरन्तर अनुगमन तथा निरिक्षण गर्नुपर्ने सुझाव दिए । साथै आगामी दिनमा पहिलेको भन्दा नयाँनयाँ सीपमूलक तालिमहरु प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनीधि, उद्यमी व्यावसायी गरि जम्मा २९ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार