माङसेबुङमा बालअधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण

नयाँ बुलन्द

इलाम : बालअधिकार र बालमैत्री स्थानीय शासन समबन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम इलामको माङसेबुङ गाउँपालिका ३ चतुरेमा सम्पन्न भएको छ ।

स्थानीय स्तरमा बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयका प्रधानाध्यापक, संरक्षक शिक्षक र बालक्लबका प्रतिनिधिका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

माङसेबुङ गाउँपालिका ३ नम्बर वडाको आयोजनामा भएको कार्यक्रममा बालक्लबका प्रतिनिधि एवम् विद्यालयको प्रधानाध्यापक, संरक्षक शिक्षक सहित ४० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले गरेका थिए ।

वडा सदस्य इन्द्रबहादुर लिम्बूको अध्यक्षतामा भएको समापन कार्यक्रमा सहभागीका तर्फबाट दुर्गा माविका संरक्षक शिक्षक डिकबहादुर योङहाङ र प्रगतिशील बालक्लबका सञ्जु योङहाङले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन वडा सचिव पुष्कर कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार