रोङमा १ हेक्टर जमिनमा बृक्षारोपण

गोबिन्द पौडेल

रोङ : केही समय सम्म अतिक्रमणमा परेको इलामको रोङ गाउपलिका ४ को सुन्दर सामुदायिक बनको १ हेक्टर जमिन मा बृक्षारोपण गरीएको छ ।

अतिक्रमण मुक्त जमिनमा बिभिन्न जातका १ हजार बिरुवा रोपिएको छ ।  चुरे क्षेत्रमा पर्ने सुन्दर सामुदायिक बन कालिटारले जिल्ला बन कार्यालय इलामको सहयोगमा टिक, मलेसियन साल र चेक्रासी जातका बिरुवा रोपिएको बन उपभोक्ता समितिका अध्यक्ष बलबहादुर तामाङले बताए ।

बृक्षारोपण कार्यक्रममा जिल्ला बन कार्यालय इलामका बन अधिकृत भरतबाबु श्रेष्ठ, रोङ गाउपालिकाका अध्यक्ष सम्सेर राई, उपाध्यक्ष चन्द्रकला राई लगायतको सहभागिता रहेको थियो । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दैचुरे क्षेत्रको जैबिक बिबिधता संगै पानी संरक्षणमा महत्व रहेको जिल्लाबन अधिकृत भरतबाबु श्रेष्ठले बताए । ‘चुरे क्षेत्रको पानी तराईको बिभिन्न शहरहरुको पानीको आपुर्तीको रुपमा लिन सकिन्छ, बन अधिकृत श्रेष्ठले भने,– ‘पछिल्लो समय अनियन्त्रीत रुपमा हुने गरेको बन फडानीले चुरेको भबिष्य अन्योलमा परेकोले संरक्षणको लागि बृक्षारोपण गरिएको हो ।

चुरेको जोगाउनका लागि ४ बर्ष अघि देखि हरेक बर्ष असार २ मा चुरे संरक्षण दिबस पनि मनाउदै आइएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउपालिका अध्यक्ष शम्सेर राईले गुरुयोजना बनाएर चुरे क्षेत्रका बनहरुको संरक्षण गर्ने योजना रहेको सुनाए । ‘मानब सहितको चुरे बनाउने हो वा मानब रहीत चुरे बनाउने भन्ने हाम्रो गाउपालिकाको बहसको बिषय बनेको छ, अध्यक्ष राईले भने, चुरे क्षेत्रमा बिकास निर्माणको काम गर्दा बातावरण सम्बन्धी अध्ययन गरेर मात्र गरिने छ ।

गाउपालिकाको आन्तरिक आम्दानी बढाउनमा चुरे क्षेत्रको पनि सहभागिता हुनु पर्ने बताउदै अध्यक्ष राईले बनको आम्दानीमा गाउपालिकाले आखा नलगाने तर बनको आम्दानी समुदायमा खर्चनु पर्ने बताए । बृक्षारोपण कार्यक्रममा बन उपभोक्ता हरु स्थानीय बासी जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । बनले यस अघि महिला उपभोक्ताको स्वास्थ्य मा सुधार गर्दै बातवरण जोगाउन गोबर ग्यास निर्माण कार्य पनि गरेको छ । सुन्दर सामुदायिक गठन हुन भन्दा धेरै बर्ष अघि देखि नै खेत बिराएर कमाइ गर्दै आएका स्थानीय भिम तामाङले बनको महत्व बुझेकाले अतिक्रमण फिर्ता लिने निर्णय गरेकाले त्यस क्षेत्रमा बृक्षारापण गरेको बनका अध्यक्ष बलबहादुर तामाङले बताए ।

‘बनको आम्दानीको ३५ प्रतिसत गरिबी न्युनीकरण अन्तरगत समुदायमा लगानी गर्नुपर्ने भएकाले यस बर्ष बाखा्र पालक किसानहरुको लागि बिउ बोका बितरण गरेका छौ , अध्यक्ष तामाङले भने, – ‘आगामी बर्ष उपभोक्ता संग सहकार्य गरेर स्थानीय आवस्यकताको योजना पास गराएर कार्य गर्ने योजना रहेको छ ।’सो अवसरमा चुरे क्षेत्रमा गठन भई बन बिकास सामाजिक बिकास र चुरे संरक्षण सम्बन्धी क्रियाकलापहरु उत्कृष्ठ रुपमा सञ्चालन गरेका सामुदायिक बनलाई पुरस्कृत पनि गरिएको थियो । यसरी पुरस्कृत हुने बनहरुमा हडिया चुली सामुदायिक बन रोङ ४ पहिलो बसन्त सामुदायिक बन माइ नगरपालिका ५ दोश्रो र ज्यामिरे भन्ज्याङ सामुदायिक बन रोङ ५ तेश्रो भएका छन् ।

पहिलो दोश्रो र तेश्रो हुने सामुदायिक बनलाई क्रमश नगद ५ हजार ४ हजार र ३ हजार पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो । सुन्दर सामुदायिक बनले बन संगै समुदायलाई पनि सुन्दर बनाउन बिभिन्न कार्यक्रम हरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार