प्याङमा नेतृत्व विकास तथा संस्थागत क्षमता विकास तालिम सुरु

नयाँ बुलन्द

प्याङ : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङमा नेतृत्व विकास तथा संस्थागत क्षमता विकास सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद माइजोगमाई ६ प्याङको आयोजनामा तालिम सुरु भएको हो । आदिवासी जनजातीहरुको नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद माइजोगमाई ६ प्याङका सचिव नरेन्द्र थुलुङ राईले बताए ।

तालिमममा विभिन्न जातीय सस्थामा आवद्ध ५१ जना आदिवासी जनजातिहरुको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले सहजीकरण गरिरहेका छन् ।

नेपाल आदिवासी जनजाती महासघ वडा समन्वय परिषद माइजोगमाई ६ प्याङका अध्यक्ष इन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी नेपाल आदिवासी जनजाती पत्रकार महासघ इलामका अध्यक्ष तथा नयाँ वुलन्द डटकमका सम्पादक राम योङहाङले व्यानर पढेर गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी योङहाङ, लोकतान्त्रिक शेर्पा सघका केन्द्रीय सदस्य कामी शेर्पा, वडा सदस्य विजय थेवे, नेपाल कम्युनिस्ट पार्टीका भिम थेवे, नेपाल आदिवासी जनजाति महासघका निवर्तमान अध्यक्ष छिरिङ शेर्पा, सामाजिक परिचालक श्यामकुमारी थेवे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल आदिवासी जनजाति महासघ वडा समन्वय परिषदका सचिव नरेन्द्र थुलुङ राईले संचालन गरेको उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष पिर्शीला राइले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार