माईजोगमाईमा ‌औजार बनाउने तालिम र होमस्टे तालिम सम्पन्न

नयाँ बुलन्द

माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका आधुनिक कृषि औजार बनाउने दुई महिने तालिम तथा १० दिने होमस्टे तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिद्वारा सञ्चालित आधुनिक कृषि औजार बनाउने तालिमका सहभागीहरुलाई प्रशिक्षक होमबहादुर रसाईलीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा एक लाख २० हजार रुपैयाँ बराबरको हाते औजार बनाउने सामाग्री सहभागीहरुलाई नि:शुल्क वितरण समेत गरिएको थियो ।

उता १० दिने होमस्टे तालिम समेत सम्पन्न भएको छ । पिरामीड पोलिटेक्निकल ईलामको सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिति र माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा होमस्टे तालिम सम्पन्न भएको हो ।

पूराना संस्कार संस्कृति विभिन्न खानाका परीकार लगायतका साथ कार्यक्रम सम्पन्न भएको हो । तालिम प्रभावकारी भएको भन्दै सहभागीहरुले खुसी ब्यक्त गरेका थिए ।

समितिका नायब सुब्बा खड्गबहादुर बस्नेतको अध्यक्षता र माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्तामा सम्पन्‍न भएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष साबित्रा भट्टराई, प्रमुख प्रसासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, गाउँपालिकाका सदस्य याम रसाईली, पिरामीड पोलिटेक्नीकल ईलामका नेत्र पोख्रेल लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार