काठमाडौं : कोरियन भाषा परीक्षाका लागि ७४ हजार ८ सय ६६ जना सहभागी भएका छन् ।
सन् २०१९को लागि भएको ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांकअनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परीक्षमा अनुपस्थित रहे । ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए ।
यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा आगामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।