रौतहटमा ट्याक्टर पल्टिँदा १ बिधार्थीको मृत्यु

रौतहट :  रौतहटको राजपुर नगरपालिका वडा नंबर १ बौहर्वामा अनियन्त्रित भई ट्याक्टर पल्टिँदा च्यापिएर ट्याक्टरमा सवार रहेको १ जना बिधार्थीको ज्यान गएको छ ।

गौर चपुर सडक खण्डमा उत्तर बाट गौर तर्फ अाई रहेको ना.४त ३८०५ नंबरको ट्याक्टर बौहर्वामा अनियन्त्रित हुदा गौर नगरपालिका वडा नंबर ४ टिकुलिया निवासी अंदाजी २० बर्षीय सुधिर सहनीको मृत्यु भएको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ ।

सो ट्याक्टरमा सहनीकै बाँस उत्तर तर्फबाट लोड गरि गौर तर्फ ल्याई रहेको अवस्थामा बौहर्वा नजिक ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार रहेको सहनीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सहनी अहिले गौरमै रहेको महर्षि वाल्मीकि क्याम्पसमा अाई.एसी दोस्रो तहमा पढ्दै थियो। चालक फरार रहेको प्रहरी निरीक्षक यादवले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा ल्याईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सहनीका भाइ रंधिर सहनी संग सोध पुछ गर्दा उनले भने मेरो भाईको ज्यान प्लानिङ्गले गएको हो। कसरी प्लानिङ्गले भएको सोध्दा ट्याक्टरमा चालक सहित ४ जना सवार थियो अरु सबै बाच्यो तर मेरो भाइको ज्यान गयो। घटनाको बारेमा अनुसन्धान भई रहेको र चालकलाई खोजी कार्य भई रहेको प्रहरी निरीक्षक यादवले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार