बेटी पढाउ बेटी बचाऊ अभियान सफलका लागि पराेहाका नगरप्रमुखद्वारा साईकल वितरण

रौतहट : परोहा नगरपालिका राैतहटले सर्वसाधारण ‘बेटि पढाउ बेटि बचाउ’ अभियान सफल गर्न अग्रसर भएको देखिएको छ ।

विकास प्रेमी नगरप्रमुखकाे रुपमा स्थापित रौतहटका शेख वकिलले छात्रा शिक्षामा जोड दिदै विद्यालय पुग्न सजिलो होस भन्ने अभिप्रायले छात्राहरुलाई साइकल बाड्ने अभियान नै चलाएका हुन् । साईकल वितरण याेजना पछि सर्वसाधारणहरु महिला शिक्षा प्रति आकर्षित भएकाे पाईएकाे छ ।

ब्रहम ज्याेति माध्यमिक विधालयबाट गत साता सयौं साईकल वितरण गरि याेजना अारम्भ गरेका नगर प्रमुख वकिलले आइतवार १६५ जना छात्रालाई साईकल वितरण गरेका छन् । अनहोतीलाल उच्च माध्यमिक विद्यालय बसन्तपट्टिमा आयोजित एक कार्यक्रमका बिच उक्त परिमाणको साईकल वितरण गरिएको हो ।

‘बेटि पढाउ बेटि बचाउ’ भन्ने मूख्यमन्त्री लालबाबु राउतको अभियानलाई सफल बनाउन प्रमुख शेख वकिल लगातार सक्रिय रहेको देखिएको छ । हालसम्म उहाँले नगरपालिकामा साईकल वितरण गरेपछि सबै शिक्षा प्रेमी र सर्वसाधारणहरुको मन जित्न उनि सफल भएको स्थानीयबासीहरू बताउँछन् ।

साईकल कार्यक्रममा नगर उपप्रमुख सुगान्धी देवी, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, पत्रकारहरू, भद्रभलादहरू तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार