बेच्न लादै गरिएका दुई बालिकाकोे माइती नेपाल इलामद्धारा उद्धार

 सुजता सुनुवार नयाँबुलन्द

इलाम : माइती नेपाल पशुपतिनगर इलामले बेच्न लादै गरेका दुई बालिकाको उद्धार गरेको छ । १५ वर्ष उमेरका ती दुई बालिकालाई फरक – फरक स्थानबाट उद्धार गरिएको माइती नेपाल पशुपतिनगर इलामका संयोजक होम ढकालले जानकारी दिनु भयो ।

उहाँका अनुसार , ती बालिकाहरुलाई बनेपा नगरपालिका काब्रे र इलामको रोङ्ग गाउँपालिकाको सलकपुरबाट उद्धार गरिएको हो । एक जना बालिकालाई उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको छ भने एक जनालाई माइती नेपाल पशुपतिनगरमा नै संरक्षण गरी राखिएको छ । भारतीय दाजिलिङ्गको मार्ग भन्ने सस्थाको सहयोगमा ती बालिकालाई उद्धार गरिएको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार