समिट बैंकले पाठेघार विरामीलाई गर्‍यो १५ हजार सहयोग

नयाँ बुलन्द

इलाम : समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमिटेड हर्कटे शाखाले सुर्योदय नगरपालिकाकी एक पाठेघार विरामीलाई आर्थिक सहयोग सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रम आयोजना गरी समिट बैंकले सुर्योदय नगरपालिका वडा नम्बर ६ की सदस्य इन्द्रमाया गुरुङलाई पाठेघरको अपरेसनका लागि नगद १५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

बैंकका शाखा प्रबन्धक प्रकाश गिरीको अध्यक्षतामा तथा वडाअध्यक्ष शिवकुमार बस्नेतको प्रमुख आथित्य नगद वितरण गरिएको थियो ।

समिट बैंकले पाठेघर खसेका आमा समूह सदस्यलाई नगद १५ हजार रुपैयाँ सहयोग गर्दै आएको छ । सो बैंकको शाखा इलाम नगरपालिकाको इलाम र नेपालटार तथा सुर्योदय नगरपालिकाको हर्कटेमा रहेको छ । तीनवटै शाखाबाट महिलालाई राहत वितरण भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार