नयाँ बुलन्द
इलाम : जिल्ला युवा समितिको कार्यालय इलामको सात दिने “लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान” अन्तर्गत शुक्रबार इलाम नगरपालिकाको ग्रीन भ्याली एकेडेमी बोर्डिङ स्कुलमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रममा ९० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम आयोजक टोलीलार्इ ग्रीनभ्याली स्कुलले स्वागत गरेका थिए । राजन माइकल गुरुङले फुलमाला, खादा तथा मायाको चिनो प्रदान गरेर स्वागत गरेका थिए ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहत रहेको जिल्ला युवा समितिको कार्यालय इलामको आयोजना र जिल्ला प्रहरी कार्यालय इलामको विशेष सहयोगमा जारी अभियान जेष्ठ २२ गते सम्म सञ्चालन हुने छ ।
जेष्ठ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने लागू औषध र दुर्व्यशनी विरुद्ध युवा सचेतना अभियान इलाम नगरपालिकाको १२ वटा विद्यालयमा सञ्चालन हुनेछ ।
आइतबार इलाम सदरमुकामस्थित हेरीटेज र प्रज्ञा सदन बोर्डिङ्ग स्कुलमा कार्यक्रम हुनेछ ।