काठमाडौं : सरकारले कर्मचारीहरुको तलब बढाएन । महङ्गी बढ्दै गएको भएपनि सरकारले यस वर्ष तलब नबढाएको हो ।
तलब वृद्धि गर्दा सबै क्षेत्रमा असर पर्ने भएपछि सरकारले कर्मचारीलाई दिँदै आएको महङ्गी भत्तालाई एक हजारबाट बृद्धि गरेर दुई हजार दिने घोषणा गरेको छ ।
संसद्मा मंगलबार आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीलाई दिने महङ्गी भत्ता दुई हजार पुर्याएको बताए ।
सरकारले कर्मचारीको पोशक भत्ता पनि वृद्धि गरेर १० हजार पुर्याएको छ ।



















































