निर्बिजले गराए भोजपुरी स्टारलाई जमघट

सिमाको ठुमकाले झूमे हजारौ दर्शक

गरुडा (रौतहट) : रौतहटको गरुडा स्थित माध्यमिक विद्यालयमा शनिवार राति भव्यताका साथ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

एस राज प्रोडक्सनको आयोजना, निर्बीज टिमको सह आयोजना तथा नेपाल टेलिकाँमको प्रस्तुतीमा गरुडामा माध्यमिक विद्यालयमा गत शनिवार भोजपुरी, नेपाली कलाकारद्धारा भव्य रुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । उक्त साँस्कृतिक कार्यक्रम हेर्न हजारौं दर्शकहरुको उपस्थिति रहेका थिए ।

भोजपुरी कलाकार रानी चटर्जी, भोजपुरी चलचित्रका आइटम क्वीन सिमा सिंह, नेपाली कलाकारहरुमा गायिका सेलिना कुवर, सरिता साह, अर्जुन विसी, अमिता छुटेल, रचना शिवाकोटी, गायक सुनिल पंडित, गायक तथा संगितकार संतोष राज लगायतका कलाकारद्धारा मनोरञ्जन प्रस्तुत गरिएको थियो ।

साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि तथा गरुडा नगरपालिकाको मेयर इन्दु राय यादवले स्थानीय भाषा एवं संस्कृतिक जगेर्ना गर्न यसप्रकारको साँस्कृतिक कार्यक्रमबाट निकै टेवा पुग्ने विश्वास व्यक्त गर्दै कला, संस्कृतिको माध्यमबाट स्थानीय कलाकारलाई उत्साहित गराएको बताए । विकास निर्माणको क्षेत्र होस वा राजनितिक क्षेत्र होस सवै क्षेत्रमा कला भएन भने अगाडी बढ्न गाह्रो हुने भएको हुँदा गरुडामा प्रस्तुत गरिएको भोजपुरी र नेपाली संगित प्रति स्थानीय दर्शकहरुको उत्साह देख्दा आफू पनि अच्चममा परेको स्पष्ट पारे ।

सोही कार्यक्रममा विशिष्ट अतिथि गढीमाई नगरपालिकाका मेयर श्याम यादवले कुनै पनि क्षेत्रमा काम गर्न कलाको आवश्यक्ता हुने गरेको हुँदा यस्ता सास्कृतिक कार्यक्रमबाट बजार व्यवसायको साथै स्थानीय युवाहरुमा लुकेको कला बाहिर ल्याउनमा निकै मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उक्त उदघाटन समारोहमा नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णप्रसाद यादव, व्यापारी एवं समाजसेवी धर्मनाथ जयसवाल, संघिय समाजवादीका मधेश प्रदेश सदस्य बृजकिशोर यादव, कार्यकारी अधिकृत उदय देवकोटा, सुनील यादव, अनिल यादव, मावि गरुडाका प्रधानाध्यापक प्रभु पटेल लगायत नेता तथा कार्यकर्ताहरु संगै हजारो दर्शकहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाल टेलीकाँमले निशुल्क रुपमा प्रपेड सिम वितरण गरेको थियो । उक्त कार्यक्रम लाइ संचालन राजेश्वर पाण्डेयले गरे थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार