नयाँ बुलन्द
पथरी : मोरङको पथरीशनिश्चरे ८ मा एक महिने घर वेयरिङ तालिम सम्पन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्को आयोजमा युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । तालिममा ३७ जना युवायुवतीहरुको सहभागीता जनाएको थियो ।
कार्यक्रममा प्रशिक्षक टेकेन्द्र सुवेदी, परिषद्का संयोजक भुपेन्द्र जिमी वडा अध्यक्ष बाबुराम दाहाल, महासंघ नगरका सचिव देबेन्द्र वनेमलगायतले तालिमलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।