इलाममा आयोजित केलाङ प्रशिक्षण सम्पन्‍न

नयाँ बुलन्द

इलाम : इलाममा आयोजित च्याब्रुङ नाच (केलाङ) प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लिम्बू विद्यार्थी मञ्च महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले गत चैतदेखि आयोजना गरेको प्रशिक्षण एक कार्यक्रमबीच समापन गरिएको छ । सांस्कृतिक नाचको संरक्षण, संबर्द्धन र पुनर्जागरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ७० बढिको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुलाई किरात याक्थुङ चुम्लुङ इलामका सल्लाहकार तथा याक्थुङ फासिङ सजुमका अध्यक्ष बखतवहादुर आङदेम्बे, लिम्बू विद्यार्थी मञ्‍चका सन्तोश लिङदम, सुजन आङबुहाङ र सुमन हाङसुरुम्बाले प्रशिक्षण दिएका थिए । कार्यक्रम प्रत्येक शनिबार सञ्चालन गरिएको थियो ।

लिम्बू विद्यार्थी मञ्‍च क्याम्पस समितिका कार्यवाहक अध्यक्ष शर्मिला लिम्बको अध्यक्षता र केन्द्रीय सदस्य रामकुमार लिङदमको प्रमुख अतिथि भएको समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, जिल्ला अध्यक्षा  गायत्री थेगिम, लिम्बू विद्यार्थी मञ्‍चका केन्द्रीय सदस्य  गुल्सन आङबुहाङ, जिल्ला अध्यक्ष अतित योङहाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका कोषाध्यक्ष बुद्धमाया सोङमी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार