इलाम : गए राती श्रीमतीको हत्या गरी फरार भएका अभीयुक्त मदन लिम्बु पक्राउ परेका छन् ।
लिम्बुलाई प्रहरी टोलीले इलाम नगरपालिका ९ स्थित घटना भएको स्थान आसपासमा लुकीछिपी बसेको अवस्थामा आजबिहान ६ः४० बजे पक्राउ गरेको हो ।
इलामको माईजोगमाई गाँउपालिका वडा न ५ सोयाङ घर भई हाल इलाम नगरपालिका ९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८/३९ बर्षका मदन लिम्बुले घरायसी बादबिबाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बुलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए ।
घाईते बिमलाको उपचारको क्रममा बिहिबार राती नै जिल्ला आस्पाताल इलाममा मृत्यु भएको हो । खुकुरी प्रहार गरेर फरार रहेका मदन लिम्बुलाई आज बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।






















































