आदिवासी जनजाति युवा महासंघ प्रदेश १ तदर्थ समिति गठन

नयाँ बुलन्द

इलाम : इलाममा भएको आदिवासी जनजाति युवाहरुको भेलाले सन्तोष तुम्बापोको अध्यक्षतामा १७ सदस्यीय नेपाल आदवासी जनजाति युवा महासंघको १ नम्बर प्रादेशिक तदर्थ समिती गठन भएको छ ।

तदर्थ समिका सहसंयोजकमा पूर्ण चाम्लीङ राई र निमा ठिले शेर्पा, सचिवमा तुलसी तिगेला, सहसचिवमा दीपक लिम्बू र टेकनारायण राजधामी तथा कोषाध्यक्षमा प्रेम शेर्मा लिम्बू चयन भएका छन् ।

सदस्यहरुमा पोषण आङ्बुहाङ्ग, आशा राई, कुलबहादुर देवान, बिकास राई, स्यामलाल मुडीयारी, निर खवास, सगुन लाहोरूङ, कञ्चन साम्पाङ राई, किरण भुजेल, मालती राजवंशी रहेका छन् ।

आदिवासी जनजाति युवा महासंघ संघीय परिषदका उपाध्यक्ष एवम् १ नम्बर प्रदेश ईन्चार्ज बसन्त लिम्बुको अध्यक्षता र आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिष ईलामका अध्यक्ष अभिषेक येक्तेनको प्रमुख आतिथ्यता र आदिबासी जनजाति युवा महासंघ संघीय परिषदका उपाध्यक्ष प्रभागकुमार खवासलगायतको उपस्थती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार