इलाम: चुलाचुली गाउँपालिकाबाट सखुवाको काठ र गोलियासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान ६:५० बजेको समयमा चुलाचुली–५ स्थित रतुवा खोलामा ना.४ प ७८३ नम्बरको टिपरमा लोड गरिराखेको अबैद गोलिया, १ सय ४६.९६ क्युबिक फिट चिरान गरेको सखुवा जातको काठ सहित मोरङको उर्लाबारी ३ सिमाबस्तीका २९ वर्षे पदम ढुंगाना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार प्रहरी चौकी पेल्टिमारी बाट खटिएको प्रहरी गस्ति टोलिले बरामद गरेको काठ र टिपर चालकलाई कारबाहीका लागि चुलाचुली इलाका वन कार्यालयमा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















































