फाकफोकथुम सरोकार समाज इलामको तदर्थ समिति गठन

नयाँ बुलन्द

इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा जन्म भई इलाम सदरमुकाम कार्यथलो बनाएका फाकफोकथुमबासीहरु संगठित भएका छन् । सुन्दर, शान्त र समृद्ध गाउँपालिका निर्माण अभियानलाई पुरा गर्न भन्दै “फाकफोकथुम सरोकार समाज, इलाम” नामक संस्थामा संगठित भएका हुन् ।

“फाकफोकथुम सरोकार समाज, इलाम” लाई वैधानिक रुपमा दर्ता गरी अघि बढाउनका लागि सूधीर बोहोराको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति समेत गठन भएको छ ।

तदर्थ समितिका उपाध्यक्षमा डालाकुमारी बिष्ट र पोष्टराज लामिछाने, सचिवमा प्रकाश परियार, सहसचिवमा खेमराज राई र कोषाध्यक्षमा रेशम बराईली चयन भएका छन् ।

सदस्यहरुमा अम्बिका लिम्ब, प्रदीप अधिकारी, लोकेस अधिकारी, अर्जुन शर्मा, बबिन राई, बिमल घिमिरे, चन्द्रकला लुइटेल, हिमाल बस्नेत, बिमला शर्मा र चन्द्रमाया गुरुङ रहेका छन् ।

त्यसैगरी सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमण), माधव सुबेदी, रोमनाथ शर्मा, दिपेन्द्र खनाल, गणेश अधिकारी, यामप्रसाद लिम्बू, प्रेमलाल मिश्र, देबेन्द्र रेग्मी, देउकुमार लावती र जयनारायण भट्टराई रहेका छन् ।

भेला जेष्ठ नागरिक हरि शर्मा ढुंगानाको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार