अस्पतालमा सुत्केरी गराउन गएकी महिलाको मृत्युपछि तनाव

तेह्रथुम : तेह्रथुमको जिल्ला अस्पतालमा प्रसूति हुन गएकी एक महिलाको मृत्यु भएको छ ।

गत शनिबार प्रसूतिका लागि अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्युको अस्पतालले जनाएको छ ।प्रसूति व्यथा नै नलागी चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ । महिलाको मृत्यु भएपछि आफन्तले शव बुझ्नसमेत अस्वीकार गरेका छन् ।

मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी नदिएपछि मंगलबार अस्पताल परिसर तनावग्रस्त बनेको छ ।स्थिति नियन्त्रणका लागि प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार