राज्यको ढुकुटीमा वनको रोयल्टी देखिएन

प्रबीण राई

धरान : ‘वनको वैज्ञानिक वनको ब्यवस्थापन, रास्ट्र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ जिल्ला वन कार्यलय सुनसरीले वार्षिक कार्यक्रम गरेको हो । धरान सेकटर वन कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै वनको वैज्ञानिक ब्यवस्थापन सम्बन्धी जानकारी पनि गराएको हो ।

जिल्ला वन अधिकृत राजेन्द्र निरौलाले कार्यक्रमको औचित्य प्रष्ट पार्दै वैज्ञानिक वन ब्यवस्थापनका लागि बूढो, रोग लागेको, मरेको र मर्दै गरेको रुखलाई कटान गर्ने र अन्यलाई जोगाउने बताउँदै कटान गरेको रुख र काठहरु नेपाल सरकारको मातहतमा रहेकोले केन्द्रिय सरकारको कोषमा जम्मा हुने बताए ।

पहिलो पटक सुरु गरेको यो कार्यमा पुराना, रोगी र बूढो रुख कटान सँगसँगै वैज्ञानिक हिसाबले केही हरियो रुखहरु पनि कटान हुने बताए । २४ हजार हेक्टर वन रहेकोले यो वर्ष ५० लाखको रकम बिनियोजन भएको बताउँदै उनले ३ हजार ६ सय ७५ हेक्टर सर्दु खोलाको छेउसम्म ब्यवस्थापन गर्ने बताउँदै सो कटान भएका रुख काठहरु टिम्बर कम्पनिलाइ आधा दिने आधा कुकाठहरु लिलामी गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगर पालिकाका मेयर तारा सुब्बाले वनको नीति धेरै लामो भएकाले आगामी दिनमा संघीय कानुन र समय सापेक्षा अनुरुप कार्यक्रमहरु छोट्ट्याउदै लानुपर्ने बताए । उनले हरियो बन नेपालको धन भने पनि बनबाट कुनै पनि रोयल्टी राज्यको ढुकुटीमा आय ब्याय नदेखिएको बताए । सामुदायिक वन उपभोक्त समितिले पनि काम गर्दा पारदर्शीता अपनाउनुपर्ने बताए ।

सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष गणेश गुरागाइले आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा कार्यक्रम गरिरहेको साथै वैज्ञानिक वन ब्यवस्थापनले सामुदायिक वनलाइ कमजोर बनाउने र केहि पनि नदिने बताउँदै ५० लाख बजेटको कार्यक्रम आएको कुनै छलफलै नगरि यो कार्य गरेकोले अलि हतारमा यो काम गरिरहेको हो कि भन्ने बताए ।

सहायक जिल्ला वन अधिकृत मनराज राइले वन ब्यवस्थापन बारे केही तथ्यांकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु केहि वडाका अध्यक्षहरु लगायत बनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार