दमक गोल्डकप : सिजनको पहिलो च्याम्पियन थ्रीस्टारलाई रोक्दै पुलिस सेमीफाइनलमा

झापा : झापाको दमकमा जारी दमक गोल्डकपको तेस्रो क्वाटरफाइनलमा नेपाल प्रहरीले थ्रीस्टारलाई १-० ले हराउदै सेमीफाइनलमा प्रबेश गरेको छ ।

मध्यानतरसम्म बराबरी खेलेका टिमले दोश्रो हाफमा नेपाल प्रहरीका तर्फबाट गरेको एक गोलनै आजको खेलको निर्णायक गोल बन्न पुग्यो भने आजको म्यान अफद म्याच नेपाल प्रहरीका गोलकिप्पर किरण चेम्जोंग भएका छन् उनले नगद ११ हजार पाएका छन् ।

अत्यन्त रोमान्चक भएको आजको खेलमा थ्रीस्टार र नेपाल प्रहरीले एक अर्कालाई अन्तिम समय सम्म पनि दबाएर राखेका थिए ।

अब सेमीफाइनलमा नेपाल प्रहरी र शसस्त्रको एपीएफ बिच भिडन्त हुने भएको छ ।

स्मरण रहोस् १७ वैशाखमा इलाममा सम्पन्‍न चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको बिजेता थ्रीस्टार क्लब भएको थियो ।

जम्मा १२ टिम सहभागी रहेको प्रतियोगिता बैशाख २८ गते सम्म चल्ने दमक गोल्डकपको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार