नयाँ बुलन्द
इलाम : नेपाल पत्रका। महासंघ १ नम्बर प्रदेशका लागि शनिबार भएको निर्वाचनमा इलामबा ९४ मत खसेको छ ।
जिल्लाका एक सय ३६ जना महासंघका साधारण सदस्यमध्ये ९३ जना मतदानमा सहभागी भएका हुन् । एक केन्द्रीय प्रतिनिधिले समेत इलामबाट नै मतदान गरेका थिए ।
निर्वाचनमा तीन ठूला संगठन प्रेस चौतारी, नेपाल प्रेस युनियन र प्रेस सेन्टरले संयुक्त गठबन्धन बनाएर साझा उम्मेद्वारी दिएको थियो । यता संघीय प्रेस फोरमले तीन ठूला संगठनले पत्रकार महासंघमा समेत सिन्डिकेट लागू गर्न खोजेको भन्दै गठबन्धनका विरुद्ध उम्मेद्वारी दर्ता गरर्को थियो ।
उम्मेद्वार र प्राप्त मतपरिणाम :
अध्यक्ष
१. गोपाल देवान (संघीय) : ११ मत
२. अध्यक्ष-बिक्रम लुइटेल (३ संगठनको गठबन्धन) : ७९ मत
उपाध्यक्ष
१. बिजय खतिवडा (संघीय) : ३ मत
२. सोमनाथ सुसेली (३ संगठनको गठबन्धन) : ८९ मत
उपाध्यक्ष (महिला)
१. मनिता चाम्लिङ (संघीय) : १८ मत
२. स्मीता निरौला (३ संगठनको गठबन्धन) : ७४ मत
महासचिव
१. कमन देवान (संघीय) : २२ मत
२. विवेक गौतम (३ संगठनको गठबन्धन) : ६८ मत
सचिव (समावेशी)
१. बुद्धबीर राई (३ संगठनको गठबन्धन) : ८४ मत
२. सचिव (समावेशी)-सन्तवीर लामा : ७ मत
सदस्य (खुला)
१. डिल्लीराम खतिवडा (३ संगठनको गठबन्धन) : ८२ मत
२. तीर्थ सिग्देल (३ संगठनको गठबन्धन) : ९० मत
३. बुद्धिप्रसाद लामिछाने बिमल (३ संगठनको गठबन्धन) : ८२ मत
४. फिपराज लिम्बू (संघीय) : २५ मत
५. बिपेन्द्र गौतम (३ संगठनको गठबन्धन) : ८३ मत
६. शशी कोइराला(३ संगठनको गठबन्धन) : ७१ मत
सदस्य (मधेशी)
१. जयकृष्ण यादव (३ संगठनको गठबन्धन) : ८३ मत
२. ब्रम्हदेव यादव (३ संगठनको गठबन्धन) : ७८ मत
३. श्यामसुन्दर सुतिहार (संघीय) : १६ मत






















































