झापा : बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको गौरादह नगरपालिकाबाट प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका–४ का ३८ वर्षीय चुडादेव तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।उनकाअनुसार सोही स्थानकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।
घटना विवरणअनुसार तामाङले आफ्नै घरको छतमा मंगलबार बालिकालाई बलात्कार गरेका हुन् ।बुधबार पीडितले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी बालिकाको स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको प्रनाउ गिरीले बताए ।पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।






















































