सूर्योदय उद्योग वाणिज्य संघमा दुई प्यानल चुनावी मैदानमा

अर्जुन गड्तौला

फिक्कल :  सूर्योदय उद्योग वाणिज्य संघको प्रथम एतिहासिक आसन्न अधिबेशनमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

नेकपा उमालेको समर्थनमा सुर्योदय नगरपालिका ९ का उद्योगी उत्तमकुमार श्रेष्ठ र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमको संयुक्त समर्थनमा सुर्योदय नगरपालिका २ का उद्योगी प्रमोद राईले मगंलबार औपचारीक रुपमा अध्यक्षमा उम्मेद्धारी दिएका छन् ।

श्रेष्ठ प्यानलका बरिष्ठ उपाध्यक्षमा दामोदर चापागाई, प्रथम उपाध्यक्षमामा जिआर (खडग बहादुर) खडका, द्वितीय उपाध्यक्षमा मिलन राई,  महासचिवमा  लक्ष्मीप्रसाद प्रसाई,  सचिवमा युवराज प्रधान र  कोषाध्यक्षमा कृष्णकुमारी खडका चाँदनीले उम्मेद्वारी दिएका छन् । त्यसैगरी खुल्ला सदस्यमा युवराज ढुङगाना, मोहन दोर्जे कागते, पवन गटटानी ,बिष्णुप्रसाद मैनाली,  महिला सदस्यमा दिपा पोख्रेल, साबित्रा मोक्तान उर्मिला,  बालिका प्रधान ,  साबित्रा पोख्रेल चुनावी मैदानमा छ ।

त्यसैगरी राई प्यानलमा बरिष्ठ उपाध्यक्षमा  गौतम प्रधान,  प्रथम उपाध्यक्षमा  टिकाराम अधिकारी,  द्वितीय उपाध्यक्षमा चन्दनमोहन अग्रवाल, महासचिवमा राजन प्रधान,  सचिवमा  कविता राई,  कोषाध्यक्ष लोकबहादुर प्रधान छन् ।

खुल्ला सदस्यमा सुरेन पौडेल, सुजन तिमसिना, पुजन श्रेष्ठ, प्रज्वल प्रधान, महिला सदस्यमा माईमति राई सबिना, देउकुमारी कटटेल देवि, सन्तोकी तामाङ, सन्जिता तामाङ रहेका छन् ।

दुबै प्यानलले नगरका सबै क्षेत्रका उद्योगीहरुलाई समेटका छन् । आगामी २३ गते चुनाव हुदैछ मतदान फिक्कल बुथ र पशुपतिनगर बुथ गरी दुई स्थानमा हुँदैछ ।

गत १६ चैत गते एतिहासिक अधिवेशनको उद्घाटन भएपछि सहमतिमा नेतृत्व चयन गर्ने भन्दै लामो समय नयाँ नेतृत्व चयन प्रकृया रोकिएको थियो ।  फिक्कल उद्योग बाणिज्य महासंघ र पशुपतिनगर उद्योग बाणिज्य महासंघको एकीकरणपछि हुन लागेको प्रथम अधिवेशन भएको कारणबाट पनि यस अधिवेशनलाई धेरैले महत्वका साथ हेरेका छन् ।

इलामकै ठुलो नगरपालिका सुर्योदय नगरपलिाकाको समग्र उद्योगीको साझा सस्थांको रुपमा रहने भएको कारणबाट अब कस्तो नेतृत्व आउलान् भन्ने यहाँका धेरै उद्योगी, व्यवसायी वा सर्वसाधारण नगरबासीमा चासो रहेको छ ।

अहिले संघमा ६०१ जना सदस्य मतदाताको रुपमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार